यस क्षेत्रमा बसोबास गर्ने बिदेशी नागरिकहरु संग स्थानीय स्वयं सेवकहरुले भेटि दैनिक जनजिबनमा आईपर्ने आवश्यक जापानी भाषाको ज्ञान प्रदान गर्नेछन । यो कक्षा सुमधुर मानवीय सम्बन्ध निर्माण गर्नको लागि उपयुक्त स्थान हुन सक्छ ।
कक्षा शुल्कनिशुल्क
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
समयकक्षा अनुसार निम्न बमोजिम हुनेछ ।
यसबाहेक नागरिक समुहका सदस्यहरुले तोयोनाखा कोकुसाई को-यू सेन्टरमा ब्यक्तिगत जापानी भाषाका कक्षाहरु प्नि संचालन गर्नुहुनेछ । बिस्तृत जानकारीका लागि उल्लेखित कक्षाका शिक्षकहरु संग टेलिफोन मार्फत सम्पर्क राख्नुहोस ।
आफना बालबच्चाहरु हुर्काई रहनु भएका बिदेशी महिलाहरु यस कक्षामा सहभागी हुन सक्नुहुनेछ । जापानको बस्तुस्थिती, परिस्थिति एबं बालबालिका हुर्काउने तरिकाहरुका बारेमा यस कक्षामा जापानी भाषामा छलफल हुन्छ । साथै साथीहरु बनाउनको लागि यस कक्षा उपयोगी हुनेछ ।
चित्रकलाका किताबहरु पढन लेख्न लगाइनुका साथै पाककलाका कक्षा र खेलौनाहरु बनाउने लगायतका क्रियाकलापहरु पनि गरिन्छ । स्वयंसेवकहरु पनि बालबच्चा भएका सदस्यहरु हुनुहुन्छ ।
जापानी भाषा राम्ररी नजान्नु भएको, गर्भधारण गर्नुभएका तथा एक्लै पढन चाहनु भएको महिलाहरु सहभागी हुन सक्नुहुनेछ ।
कक्षा शुल्क:निशुल्क
स्थान:तल उल्लेखित शहरका तिन पुस्तकालयमा कक्षा संचालन हुनेछ ।
सेंनरी ऒयाकॊ दे नीहॊङ्गो
स्थान:सेन्री पुस्तकालय(हान्क्यू किता सेन्री क्यूको सेन्रीच्यूओ स्टेशनबाट ३ मिनेट)
समय:हरेक हप्ता मंगलबार 10:00 ~ 12:00
सेंनरी ऒयाकॊ दे नीहॊङ्गो(facebook)
तोयोनाखा कोकुसाई कोयु क्योखाई (एशोसियशन) मा यस क्षेत्रमा बसोबास गर्नुहने बिदेशी नागरीकहरुले ढुक्क संग जिबनयापन गर्नका लागि बिभिन्न परामर्श सेवाहरु संचालन गरिआएको छ ।
अन्तरबार्ता, टेलिफोन प्रतिक्रिया लिने मिति तथा समयः
- <समय>
- सोमबार,मंगलबार,बिहिबार,शुक्रवार, ११ :०० बजे देखी ४ :०० बजे सम्म / सनिबार१३ :०० बजे देखी ४ :००
- <भाषाहरु>
- नेपाली भाष जापानी भाषा, चिनियाँ भाषा, कोरीयाली भाषा, फिलिपीनी भाषा, स्पेनीस, पोर्चुगाली भाषा, थाई भाषा, ईण्डोनेशियाली भाषा, अंग्रेजी भाषा, भियतनामी भाष
- <सहभागी शुल्क>
- निशुल्क
परामर्शका बिषयहरुः
- बैबाहिक सम्बन्ध (सम्बन्ध बिच्छेद, घरेलु हिंसा, घरेलु समस्या, अन्तरराष्ट्रिय बिबाह आदि), कागजी प्रक्रियाहरु (भिषा प्रकार, जापानमा परिवार बोलाउने आदि)
- रहनसहन (बसोबास, आर्थिक कारोबार, बिमा, पेन्सन, कर तथा अन्य सरकारी कार्यहरु, जापानी भाषा तथा अन्य दैनिक आईपर्ने कार्यहरु )
- मानवीय सम्बन्ध (स्थानीय, ब्यबसायीक, पारिवारीक मित्रता)
- सरसफाई (मानसिक स्वास्थ्य, गर्भ धारण, सुत्केरी अवस्थाबारे)
- बालबच्चा (पालनपोषण, केयर सेन्टर, स्कूल आदि बारे )
- श्रम सम्बन्ध (काम खोज्ने ,बेरोजगारी भएको)
- मानब अधिकार उल्लङ्गघन
…आदि बारेमा, जस्तो सुकै परिस्थितिमा पनि आपसमा सर–सल्लाह गर्न सकिनेछ । परिस्थितीलाई मुल्याकन गरी, आवश्यक परेको खण्डमा सम्बन्धित बिज्ञका कार्यालयमा परिचय गर्न सकिनेछ ।
टेलिफोन मार्फत परामर्श सेवा लिन चाहनुहुने महानुभावहरुका लागि
- टेलिफोन नम्बर:
- 06-6843-4343(हरेक हप्ता शुक्रबार ११ देखि १६ बजे सम्म)
फोन गर्नुभएमा जापानी स्टाफले फोन उठाउनेछ । त्यसपश्चात (नेपारू गो नो स्टाफ ओ ओनेगाई सिमास ) भन्नु होस ।
प्रत्यक्ष परामर्श सेवा लिन चाहनुहुने महानुभावहरुका लागि
माथि लेखिएको समयमा तोयोनाखा कोकुसाई को्यू क्योखाईको कार्यालयमा आउनुहोस । कार्यालयमा रहेका कर्मचारीलाई (सोदान नि किमासिता) भन्नु होस । त्यस पछि सम्बन्धित ब्यक्तिले तपाईंलाई भेटनु हुनेछ ।
予नाम रजिष्टर नगरीकन पनि यस कार्यालयमा आउन सक्नुहुनेछ । तर परिस्थिती अनुसार तपाईंले कुर्नु पर्ने पनि हुन सक्छ ।
ठिक समय प्राप्त गर्नका लागि पहिले नै नाम रजिष्टर गर्नु भएको खण्डमा रामो हुनेछ । नाम रजिष्टर गर्न लाई बुधबार बाहेक हरेक दिन बिहान ९ बजे देखि १७ बजेसम्म यस कार्यालयको टलिफोन नम्बर ०६–६८४३–४३४३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
परामर्श तरिकाको बारेमा
परामर्शका बिषय वा परामर्श गर्न चाहेको कुराहरु जापानी बिज्ञ संग तपाईंको देशका भाषा बोल्न सक्ने कर्मचारी बाट अन्तरक्रिया गराईने छ ।
गोपनीयताको बारेमा
तपाईंको गोपनियता भंगहुने कुनै पनि कार्य हुनेछैन ।
गोपनियताको सम्बन्धमा तपाईं निश्चिन्त रहनुहोस ।