公益財団法人 とよなか国際交流協会

【ओसाका प्रिफेक्चरका बालबालिका र अभिभावकहरूलाई सूचना】

मूल्यवृद्धिको असरका कारण, ओसाकाका 18 वर्ष वा सोभन्दा कम उमेरका (2004 अप्रिल 2 तारिख पछि जन्मेका) बालबालिकाहरूलाई 10,000 येन मूल्य बराबारको “QUO कार्ड पे” पठाइनेछ। योग्य ब्यक्तिहरुलाई ओसाका प्रिफेक्चरबाट सूचना पठाईसकेको हुनाले, कृपया चेक गर्नुहोला। आवेदन आवश्यक पर्दैन।


 “QUO कार्ड पे” प्रयोग गर्न सकिने पसलहरूको लागि कृपया तलको लिङ्क चेक गर्नुहोला।

https://www.quocard.com/pay/store/

* QUO कार्ड पे QR कोड भएको हुनाले, यसलाई आफ्नो मोबाइल फोनमा स्क्यान गरि प्रयोग गर्नुहोला।

यदि तपाईसंग मोबाइल फोन छैन वा कुनै प्रश्नहरू छन् भने, तलको कल सेन्टरमा सम्पर्क गर्नुहोला।

कल सेन्टरको फोन नम्बर: 0120-085-253 (सोमबार देखि शुक्रबार 09.00-18.00) (जापानी भाषामा मात्र)


<”QUO कार्ड पे” प्रयोग गर्ने तरिका> 

① QR कोड स्क्यान गर्ने।

② URL खोल्यो भने, “QUO कार्ड पे” को स्क्रिन खुल्छ। त्यसपछि पेमेन्ट बटन ट्याप गर्ने। *स्क्रिनलाई बुकमार्क गरेर राख्न सल्लाह दिन्छौ।

③ क्यासियरलाई QR कोड रिड गराउन लगाएमात्रै पनि पेमेन्ट पूरा हुन्छ। हस्ताक्षर वा पहिचान खुलाउन आवश्यक छैन। ब्यालेन्स बाँकि रहदा सम्म यसलाई प्रयोग गर्न सकिन्छ।