公益財団法人 とよなか国際交流協会

【नयाँ वर्ष छुट्टीकोलागि जानकारी 】

तोयोनाका कोकुसाई कोन्यु सेन्टर डिसेम्बर २९ तारिक (मङ्गलबार)देखि जनावरी ३ तारिक (आईतबार)सम्म बन्द रहने छ। बन्द को अवधि कुनै समस्या परेमा “योरिसोइ होट्लिने (Yorisoi Hotline)” मा फोन मार्फत निशुल्क परामर्श गरिने छ।

सम्पर्क गर्न सकिने फोन नम्बर (योरिसोई हत लाईन )०९२०२७९३३४ 

बिहान १०:०० बजे देखी राती १०:०० बजे सम्म 


सार्वजनिक बिदामा, वर्षको अन्तिम दिन डिसेम्बर २९ तारिक देखि जनवरी ३ तारिक भित्र बिरामी भएमा 


●फोन बाट नै परामर्श गर्न सकिन्छ।(जापानिज भाषामा)

・”किऊ किऊ अन्सिन सेन्टर ओसाका “ (२४ सै घण्टा खुला रहने छ।) 

#७११९ अथवा ०६०५८२७११९ 

・बाल अस्पताल आपतकालिन फोन बाट(बिहान ७:०० बजे देखि भोली पल्ट बिहान ८:०० बजे सम्म )

 परामर्श गर्न सकिने छ। 

#८००० अथवा ०६०७६५३६५० 


●बिदाको दिनमा अचानक बिरामी भएमा, चिकित्सा जाँच गर्न सक्ने ठाउँ (इन्टर्निष्ट क्लिनिक, बाल रोग, दन्त) डिसेम्बर २९ तारिक देखि जनावरी ३ तारिक /  बिहान ९:३० बजे देखी ११:३० बजे सम्म  / दिउसो १:०० बजे देखि ४:०० बजे सम्म 

・ईरियो होकेन् सेन्टर (तोयोनाकासि उएनो साक ) ०६६८४८१६६१

・सोनाइ होकेन् सेन्टर(तोयोनाकासि सीमए चियो ) ०६६३३२८५५८

※यदि जोरो आएको छ भने अगाडिनै खबर गर्नुहोला।(जापानिज भाषामा)


●बालबालिका आपतकालीन बिरामी हुदा (बाल रोग)

 डिसेम्बर २९ तारिक देखि जनावरी ३ तारिक / बिहान ८: ३० बजे देखि भोलि पल्ट बिहान ६:३० बजे सम्म 

・”तोयोनो कोउइकि कोदोमो किऊ बियो सेन्टर” (मिनॊओ शि खयानो) फोन ०७२७२९१९८१ 


●“तोयोनाका सि सिङ्गता कोरोना ऊइरुसु कान्सेनशो कोरु सेन्टर(तोयोनाका नोवल कोरॊना फोन जानकारी केन्द्र )“ (जापानिज भाषामा))

डिसेम्बर २९ तारिक देखि जनावरी ३ तारिक सम्म

सम्पर्क हुन सकिने फोन : ०५०३५३१०३६१