公益財団法人 とよなか国際交流協会

बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु हुदैछ।

"ततेस्रो मात्राको लागि लक्षित ब्यक्तिहरु : ○१~○३ का सबै कुराहरू पूरा गरेका ब्यक्तिहरु

१ दोस्रो मात्रा लगाएको ६ महिना भन्दा बढी भएका

२ १८ वर्ष वा सो भन्दा बढि उमेर भएका 

३ तोयोनाका सिटिद्वारा जारी गरिएको खोप कूपन भएका  

"

* भ्याक्सिन मोडेर्नाद्वारा निर्मित हो।


"[खोप लगाउने स्थान]

तोयोनाका हार्ट प्यालेट"" (ह्यन्क्यू तोयोनाका स्टेशनबाट ४ मिनेट पैदल) (ठेगाना: तोयोनाका-सि, ओकाखामिनो-च्यो २-१-८) 

"

म्यापको लागि यहाँ क्लिक गर्नुहोस् (बाह्य वेबसाइट) →

http://www.heart-palette.com/#Gaiyou

* खोप लगाउने स्थान तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र “कोर्यू सेन्टर” होइन। कृपया भ्रममा नपर्नु होला।


[खोप लगाउने तालिका] (अपेक्षित)

२०२२ सालको मार्च १३ (आइतबार), मार्च २२ (मंगलबार), त्यस पछिको मिति भने अझै निर्णय भएको छैन।

"[अनलाइन बुकिङ्ग सुरु हुने मिति]

फेब्रुअरी २५ तारिख (शुक्रबार) दिउँसो १२:०० बजे (फोनबाट बुकिङ्ग गर्न मिल्दैन) 

"

* हाल, मार्च १३ तारिख (आइतबार) र मार्च २२ तारिख (मंगलबार)को लागि मात्र बुकिङ्ग खुला छ।

यो बाहेक अन्य खोप लागाउने दिनहरुको बुकिङ्घ खुला भएको बारेमा, निर्णय हुने बित्तिकै सूचना जारि गर्छौ। 


बुकिङ्गको लागि दोस्रो मात्रा लगाएको मितिबाट ६ महिना काटे पछिको दिन रोज्न सक्छौ। तर, ६ महिना पु्ग्नु अघिको दिनहरुमा बुकिङ्ग गर्न सकिदैन। 


वेबसाइटमा रिजर्भ  गर्नुहोला 

https://va.toyonaka-int.com