公益財団法人 とよなか国際交流協会

【 भाइरस बिरुद्धको खोपको बारे जरुरि सूचना 】

【 भाइरस बिरुद्धको खोपको बारे जरुरि सूचना 

 

तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र (हान्क्यू तोयोनाका स्टेशन अगाडी एत्रे तोयोनाकाको छैठौ तल्ला (सामुहिक खोप ) को बुकिंग वेबसाइट ( बहुभाषिक बुकिंग पेज उपलब्ध छ ।  बिदेशी व्यक्तिले मात्र प्रयोग गर्न मिल्छ ।)

https://va.toyonaka-int.com

खोप लगाउने बेलामा अनुवादकको सहयोग आवश्यक पर्ने भएमा खोप बुकिंग वेब साइटबाट बुकिंग गर्नुहोस् ।  

बुकिंगको लागि तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रको वेब साइटमात्र प्रयोग गर्नुहोस् । बुकिंगका लागि फोन नम्बर प्रयोग हुने छैन । 

अनुबाद हुने भाषाहरु: अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, फिलिपिनो, नेपाली, थाई, इन्डोनेसियाली, स्पेनी भाषाहरु

वेब बुकिंगको बहुभाषिक सोधपुछको लागि तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा सम्पर्क राख्नुहोस ।  

फोन ०६-६८६३-४३४३ (बिहि, शुक्र, शनिबार ११ बजे देखि १६ बजेसम्म सार्वजनिक बिदामा बाहेक)

यो वेब बुकिंग गर्ने  जुन २४ तारिक  (बिहिबार) दिउसो १२ बजे देखि शुरु हुदै छ।



खोप लगाउने दिन ल्याउने सामाग्रीहरुको बारेमा

लिएर आउने सामान: कुपन कार्ड, परिचय पत्र (ड्राइभिन्ग लाइसेन्स, स्वास्थ्य बिमा कार्ड, रेसिडेन्ट कार्ड आदि)


कृपया खोप लिनु अघि घरमै आफ्नो शरीरको तापक्रम नाप्नुहोस र ज्वर भएमा खोप नलिनुहोस ।   यदि तपाईंलाई ज्वार आएको छ वा बिसन्चो छ भने आफुले अपोइन्टमेन्ट लिएको नगरपालिका कार्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।  


कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस् ।  

निश्चित समयको अन्तरालमा एकै प्रकारको खोपको दुई मात्रा प्राप्त गरेपछि मात्र यसको पूर्ण प्रभाब प्राप्त हुन्छ ।  कृपया पहिलो खोप प्राप्त गर्दा नै दोस्रो खोप कहिले लिनु पर्दछ भन्ने यकिन गर्नुहोस् ।  

संलग्न कुपन दुवै पटक खोप लगाउँदा चाहिने खोप प्रमाणपत्र हो ।  यस फारामलाई प्रत्येक पटक संगै ल्याउनुहोस र कृपया कागजपत्र नच्यात्नुहोस् । 


  

बसोबास कार्ड दर्ता गरिएको स्थान (निवासस्थान) बाहेक अन्य स्थानहरुमा खोप

यदि तपाईं कुनै अस्पताल वा स्वास्थ्य केन्द्रबाट खोप प्राप्त गर्दै हुनुहुन्छ जहाँ तपाईलाई फर्ना गरिएको छ वा दाखिला गरिएको छ ।  कृपया अस्पताल वा स्वास्थ्य केन्द्रसंग परामर्श गर्नुहोस् .. ।

यदि तपाई कुनै स्वास्थ्य संस्थाबाट खोप प्राप्त गर्दै हुनुहुन्छ जहाँ तपाईं अन्तर्निहित अबस्थाको लागि उपचार गर्दै हुनुहुन्छ ।  कृपया सोहि स्वास्थ्य संस्थासंग परामर्श गर्नुहोस् । 

यदि तपाईको निवास तपाईको ठेगाना भन्दा फरक छ ।  तपाई जुन इलाकामा बस्नुहुन्छ त्यहि खोप लिन सक्नुहुन्छ ।  कृपया कोरोना भाइरस खोप नेभिगेसन चेक गर्नुहोस् वा आफु बसेको नगरपालिकाको परामर्श कार्यालयमा सम्पर्क गर्नुहोस् । 


◎ अन्तर्निहित रोगको परिधि 

१) निम्न बिरामीहरु वा सर्तका व्यक्तिहरु जसले बहिरंग वा अन्तरंग सेवा पाइरहेका छन ।

१) दिर्घकालीन श्वास रोग

२) जिर्ण हृदय रोग (उच्च रक्तचाप सहित)

३) दीर्घकालीन मृगौला रोग

४) दीर्घकालीन कलेजो रोग (लिभर सिरोसिस आदि)

५) इन्सुलिन वा औषधीबाट उपचार भईरहेको मधुमेह अथवा अन्य मधुमेह रोगहरु

६) रक्त रोग (आइरनको कमी एनिमिया बाहेक)

७) रोगहरु जसले प्रतिरक्षा प्रणालीको कार्यलाई बिगार्दछ (उपचार अन्तर्गत घातक ट्युमर सहित)

८) प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने, स्टेरोइडहरु सहितका उपचार प्राप्त गर्दै गरेका

९) न्यूरोलोजिकल र न्यूरोमस्कुलर बिरामीहरुको कारण शरीरको कार्यहरु घटाएका (सासका बिकार सहित )

११) कोमोसोमल असामान्यता

१२) गम्भीर मानसिक र शारिरिक अशक्तताहरु (गम्भीर शारिरीक अक्षमता र गहन बौद्धिक अक्षमता)

१३) स्लीप एपनिया सिन्ड्रोम

१४) गम्भीर मानसिक रोग ( मानसिक रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका, मानसिक अशक्तता प्रमाणपत्र भएका वा आफ्नै खर्चमा गम्भीर र निरन्तर श्रेणीको उपचार गराइरहेको (मानसिक अस्पताल) अथवा बौद्धिक अपाङ्गता (पुनस्थापना प्रमाणपत्रधारी)

२) मोटो ब्यक्तिकालागि मापदण्ड (३० बीएमआई वा सो भन्दा माथि)


◎ खोप प्राप्त गर्न तपाईको सहमति आवश्यक छ ।

यदि तपाईं हाल कुनै रोगको उपचार गराईरहनु भएको छ वा तपाईंको स्वास्थ्य अबस्था बारेमा चिन्ता छ भने, कृपया खोप लिने कि नलिने भनेर निर्णय गर्नु अघि तपाईको पारिवारिक डाक्टरसंग सल्लाह लिनुहोस् ।



<  बिदेशी भाषा परामर्श केन्द्र >

श्रम तथा स्वास्थ्य कल्याण
मन्त्रालय: कोरोना भाइरस संक्रमण बिरुद्धको खोप सम्बन्धी कल सेन्टर फोन
0120-761770

 

भाषिक सहायता जापानी,
अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्चुगाली, स्पेनी ९ देखि २१ बजे सम्म थाई भाषा ९
देखि १८ बजे सम्म, भियतनामी भाषा १० देखि १९ बजेसम्म

तोयोनाका नगरपालिका :
तोयोनाका खोप डायल फोन
06-6151-2511

भाषिक सहायता: जापानी र
अंग्रेजी भाषा ९ देखि १८ बजेसम्म (सोम देखि शुक्रबार)


कोरोनाभाइरस खोपका ननर्देशनहर

https://www.mhlw.go.jp/content/000792537.pdf